back

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको नियमित बैठकमा पार्टी प्रवेश गर्नेहरुलाई सम्मान  

वि.सं.२०७३ चैत १४ सोमवार

573 

shares

regular-baithak-of-naya-shakti-malayasia

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको नियमित बैठक मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ । नरबहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले २०१७ मार्च ५ मा सम्पन्न अधिबेशनबाट निर्बाचित सदस्यको कार्यक्षेत्र बिभाजन गरिएको छ । बैठकमा बिबिध विषयहरुमा छलफल गरिएको थियो । संरक्षक एबं प्रमुख सल्लाहकार बिरेन्द्र नेगिले संगठनलाई नयाँ तहबाट अगाडि बढाउने नेगिले बताउनु भएको थियो ।

यसपटकको नियमित बैठक एउटा एतिहासिक बैठक बनेको थियो । बैठकमा नयाँ सक्तिका सदस्य लगायत शुभ चिन्तकहरुको समेत उपस्थित रहेको थियो । उपस्थिति हुनेमा मलका, मुहार, केलाङ्ग, बालतुकेफ, राबाङ्ग, बान्तिङ, के एल गरि २८ जनाको उपस्थित रहेको थियो । बैठकको संचालन महासचिव दिपक संघर्षले गर्नुभएको थियो । बैठक नयाँ शक्तिको भिजनलाई मन पराएर तीन जना अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको संगठनमा प्रबेस गर्नुभएको थियो । यसरी पार्टी प्रवेश गर्नेमा लीलामणि सुवेदी (केलाङ), गणेश बिक (बान्तिङ), राम राई (सुबाङ) र पासाङ तामाङ (सुबाङ) हुनुहुन्थ्यो । उहाँ हरुलाइ खादा लगाएर सल्लाहकार बिरेन्द्र नेगि र अध्यक्ष नरसुनारले सम्मान गर्नुभएको थियो । संगठन बिभागहरु पनि बनाइएको छ । जसअनुसार संगठन बिभाग, सुचना तथा संचार बिभाग, अनुसासन बिभाग र आर्थिक बिभाग बनाइएको छ ।

अध्यक्ष नर सुनारले केही दिन अघिमात्र नयाँ शक्ति पार्ती प्रती असन्तुष्ट भएर राजीनामा दिने मित्रहरूमा नयाँ शक्ति मलेसियाका सस्थापक राजु ढुङ्गाना (प्रनिल) लगायतलाई शुभकामना व्यक्त गर्दै उहाँहरुले छोडेर गए पनि योगदानको सँधै कदर गर्ने बताउनु भयो । राजनीतिको रुपले फरक भएतापनी मित्रता सधै कायम रहने छ भन्दै उहाँले बैठक सनापन गर्नुभएको थियो ।

वि.सं.२०७३ चैत १४ सोमवार ०२:४३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...