back
CTIZAN AD

नागरिकता विधेयक पुर्नर्विचारका लागि बेल्जियमबाट आचार्यले दिए यस्तो सुझाव

वि.सं.२०७९ भदौ ८ बुधवार

774 

shares

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहेका सामाजिक अभियन्ता दामोदर प्रसाद आचार्यले नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै यस्तो सुझाव दिएका छन् ।

लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियान बेल्जियमका पूर्वसभापति रहेका आचार्यले नेपाली नागरिकता संसोधन विधेयक २०७९ मा पुनर्विचारका लागि भन्दै यी सुझाव दिएका हुन् ।

उनले लेखेका छन्
१, जन्मसिद्ध नागरिकताको विषयमा जन्म दिने आमाले स्वघोषणा गर्ने प्रावधानमा बुवाको नाम उल्लेख गर्नुपर्ने । यदि हाडनाता करणीबाट गर्भधारण गरेको अवस्थामा बच्चाको आमाले स्वघोषणा गर्न असमर्थ रहेमा वाध्यकारी नहुने ।

२, वैवाहिक अंगिकृत नागरिकताका लागि नेपाली पुरूष वा महिलाले अन्य विदेशी नागरिकसंग विवाह गरे पछिः

क) सुरूमा नेपालमा वसोवास गर्न पाउने अधिकार तर मताधिकार बाहेक ३ वर्षको भिसा दिने ।

ख) विवाह गरेर संगै बसेको ३ वर्ष पूरा गरेपछि स्थायी वसोवासको प्रमाणपत्र दिने ।

ग) विवाह गरेर बसेको ५ वर्ष पूरा गरेको र नेपालको भाषा बोल्न सक्ने र नेपाली समाज र समुदायमा एकिकृत भएको प्रमाणित गरेमा नेपाली नागरिकताका लागि आवेदन दिन योग्य हुने ।

३) गैर आवासिय नेपालीहरूका सम्बन्धमाः
क) विदेशमा रहेका गैरआवासिय नेपाली सबै नेपाली नै हुन् । अन्य देशको नागरिकता लिएका गैरआवासिय नेपालीलाई राजनितिक अधिकार वाहेकको सबै अधिकार प्राप्त हुने गरि नागरिकता प्रदान गर्ने प्रतिनिधिसभाको निर्णय स्वगतयोग्य छ ।

ख) विदेशमा वसोवास गरिरहेका गैरआवासिय नेपाली नागरिकता लिएका नागरिकहरूका सन्तानहरूलाई पनि सोहि अनुरूप यदि गैरआवासिय नेपाली नागरिकता लिन चाहेमा आवेदन दिन पाउने प्रावधान सुरक्षित गर्ने ।

अन्त्यमा, यो मेरो धारणा मेरो प्रवासको २ दशक भन्दा लामो वसाईको अनुभव र अन्य युरोपियन मुलुकहरूले हालसम्म वैवाहिक अंगिकृत नागरिकताको विषयमा अवलम्बन गरेका र गरिरहेका अभ्यासहरूलाई अध्ययन गरेर निकालेको निष्कर्षको आधारमा रहेको सम्मानित नेपालको सदन, नेपाल सरकार र सम्पूर्ण माननीयज्यूहरूमा सविनय जानकारी गराउदै देशलाई यो पछिल्लो सकसपूर्ण अवस्थाबाट मुक्त गराउन सफलता मिलोस् भन्ने यहि कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उक्त नागरिकता  विधेयक राष्ट्रियभामा विचाराधिन रहेको छ ।

 

वि.सं.२०७९ भदौ ८ बुधवार १६:५० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...