back
CTIZAN AD

कार्यकारी निर्देशक घिसिङ र पालिकाका प्रमुख सिंहबीच छलफल

वि.सं.२०७९ भदौ ९ बिहीवार

768 

shares

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहबीच वीरगञ्जमा पछिल्लोपटक देखिएको विद्युत् आपूर्तिमा देखिएको विद्यमान समस्याबारे छलफल भएको छ ।
बुधबार काठमाडौँमा विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्र झासँगै घिसिङलाई भेटेर महानगरप्रमुख सिंहले वीरगञ्जमा विद्यमान विद्युत्सँग सम्बन्धित समस्याबारे जानकारी गराएका थिए । त्यस क्रममा उनले अहिले भइरहेको अनियमित विद्युत् कटौतीको समस्या तत्काल समाधान गरिदिन घिसिङसँग आग्रह गरे ।

प्रमुख सिंहले वीरगञ्जमा सडकबत्ती व्यवस्थापनका लागि फिप्थ वायर जडान, भूमिगत तार व्यवस्थापन, पानी ट्याङ्की क्षेत्रका घरमाथिको हाईटेन्सन लाईन स्थानान्तरण र बाइपास इनर्वा क्षेत्रको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । कार्यकारी निर्देशक घिसिङले प्रस्तुत समस्या समाधानका लागि प्रक्रियामा लैजान वीरगञ्ज वितरण केन्द्रले कार्य अघि बढाउने आश्वासन दिएको छलफलमा सहभागी प्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

वीरगञ्ज नाकामा दैनिकजसो कोरोनाका सङ्क्रमित

पछिल्लो केही दिनयता देशभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै पर्साको वीरगञ्ज, नाकामा पनि दैनिकजसो कोरोनाका सङ्क्रमित फेला पर्न थालेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगञ्ज, नाकाको हेल्थ डेस्कमा भइरहेको कोभिड परीक्षणमा पछिल्लो महिनादेखि दिनहुँजसो कोरोनाका सङ्क्रमित भेटिन थालेका हुन् ।

कोरोनाको पहिलो लहरदेखि नै उक्त नाकामा हेल्थ डेस्क सञ्चालन गरी भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण हँुदैै आएको थियो । हेल्थ डेस्ककी इन्चार्ज डा अनिषा महत्तोका अनुसार फेरि पनि भारतमा सङ्क्रमण बढ्न थालेसँगै वीरगञ्ज, नाकामा पनि सङ्क्रमित भेटिन थालेको हो । कोरोनाको तेस्रो लहर शून्य अवस्थामा पुगेपछि फागुनयता जेठ अन्तिम सातासम्म हेल्थ डेस्कको परीक्षणमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्य थियो तर पहिलो पटक जेठ २३ गतेको परीक्षणमा पहिलो सङ्क्रमित फेला परेको उनिले बताइन ।

इन्चार्ज महत्तोका अनुसार गत जेठमा तीन हजार छ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा अन्तिम साता तीन जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गत असारमा तीन हजार सात जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत साउनमा भने तीन हजार चार सय छजनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै भदौको पहिलो एक सातामा पाँच सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत जेठ २३ गते देखि भदौ ९ सम्म एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको र यसको सङ्ख्या बढ्दो क्रममा रहेको उनिले बताइन् ।

डा महत्तोले भनिन्, “भारतसँगै नेपालमा सङ्क्रमण बढेसँगै वीरगञ्ज, नाकामा पनि सङ्क्रमित बढ्न थालेका हुन् । दैनिकजसो दुई÷तीनजना नयाँ सङ्क्रमित फेला परिरहेका छन् । नाकाको हेल्थ डेस्कमा २०७९जेठ २३ यता सङ्क्रमण पुष्टि भएका एक सय २७ जनामध्ये छ जना बाहेक अरु सबै भारतीय नागरिक हुन् ।”

वि.सं.२०७९ भदौ ९ बिहीवार १५:२२ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...