back
CTIZAN AD

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

वि.सं.२०७३ चैत १४ सोमवार

948 

shares

१४ चैत, टोकियो (जापान)  । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा सङ्कलित ७२ हजार जापानी येन आइतबार पठाइएको हो ।

अभियानमा ज्याक खड्का, यदुराम सापकोटा र जापानबाट सञ्चालित टप नेपाल अनलाइनले छुट्टाछुट्टै १०÷१० हजार जापानी येन सहयोग गरेका थिए । दुई हजारदेखि ५ हजार जापानी येनसम्म दिने सहयोगी हातहरु बढ्दै गएका कारण अभियान शनिवारसम्म लम्बाइएको थियो ।

सङ्कलित रकम नेपालमा सहिद परिवारले आइतबारै बुझेको अभियानकर्ता ज्याकले बताए । उनका अनुसार ७२ हजार जापानी येनको नेपाली रुपैयाँ ७० हजार ५ सय ५० सहिद परिवारलाई पठाइएको हो ।

दुई साता अघि पनि जापानवासीले गरिबी र आ“खा नदेख्ने भएर खान लाउन समस्यामा परेका सप्तरी गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप १ लाख १४ हजार ४ सय ६६ जापानी येन पठाएका थिए । रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध यहाँका नेपालीले समस्यामा परेका आफ्ना देशवासीलाई सक्दो सहयोग गर्दै आएका छन् ।

वि.सं.२०७३ चैत १४ सोमवार ०३:१४ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...