काठमाडौं । देशका जल्दाबल्दा मुद्दा तथा गहन र संवेदनशिल बिषयमा बुद्धिजीवीहरुले थप ध्यान दिनुपर्ने भन्दै भूमिका पूरा गर्न आग्रह गरिएको छ ।
नेपाल बुद्धिजीवी संगठनको वाग्मती प्रदेश समितिको बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता सूर्य सुवेदी पथिकले संगठन निर्माणसंगै कार्यभार ठोस गरेर बुद्धिजीवी परीचालन हुनुपर्ने कुरामा जोड दिएका हुन् ।
सत्य अन्वेषणको सबैभन्दा ठूलो जिम्मेवारी बोक्नुपर्ने बुद्धिजीवीहरुले आलोचनात्मक चेतको झिल्को ननिभाईकन जनतालाई सहि कुरा संप्रेषण गनुपर्ने बताएका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि रहेका सो संगठनका सहसंयोजक निलकण्ठ तिवारीले संगठन निर्माणको चरण र नीतीगत श्रेत्रमा सकरात्मक हस्तक्षेपको योजना सहित बुद्धिजीवीहरु अघि बढन खोजेका बेला पार्टीसंग उपर्युक्त समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

अर्का बिशिष्ट अतिथि संगठनका कार्यालय सदस्य तथा वाग्मती प्रदेश ईन्चार्ज भिमसेन गौतमले आन्दोलनमा बैचारिक संकट भएकाले बिचार निर्माणमा समेत आफुहरुले योगदान दिने बताएका थिए ।
वाग्मति प्रदेश अध्यक्ष कृष्ण कोपीलाको अध्यक्षता, सचिव भरत गौतमको संचालन तथा सहसचिव चन्द्रराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको सो बैठकमा अमरजंग लिम्बु, डा गणेश धमला, गोपाल खडका, शंकर खडका, प्रा डा आइ पी ढकाल, प्रा डा शिव शरण महर्जन, ईन्दीरा चौलागाई, चन्द्र पसाद मैनाली, राजन बास्तोला, भुमिराज आले मगर, ईन्द्रमणि न्यौपाने, अर्जुन महर्जन, प्रमोदबाबु तिवारी, कृष्ण बहादुर राई,खुशीलाल मोक्तान लगायतका केन्दीय सदस्य तथा प्रदेश सदस्यहरुले रिपोर्टींग सहित आ–आपना धारणा राखेका थिए ।
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:४२ मा प्रकाशित






























