back
CTIZAN AD

कविता : एसईई परिणाम सुनेपछि

वि.सं.२०७९ भदौ ११ शनिवार

795 

shares

भुवन सिवाकोटी ‘चौघरे’, काठमाडौ

प्रिय पुत्र
धेरैपटक संकटहरूमा मर्दामर्दै बाँचे
यतिबेला
एस इइ परिणाम सुनेपछि
अतुल्य खुसीमा

फेरि मरेजस्तै भै रहेछु

खाडिको ५० डिग्री तातो हावामा
पसिना सुकेर सेतै भएको छ
निधार

मोवाइलको घन्टी बजेपछि
तिम्रो उच्च श्रेणीको सफलतामा भरिएको
आँखाका परेली थेगिरहेछु

कतै मेरा पसिनाका फूलहरू
पराइभुमिमा नखसुन
तिम्रो लागि मेरो खुसी
अभिसाप नबनुन्

तिमी नजन्मदै छोडेर लाहुर हिडेको म
फेरि
तिम्रो र तिम्री आमाको सामिप्यमा नपुग्दै
पराईभूमिमा
कसरी खुसी हुँ पिता भएर
बहिर्गमन भै रहेका आफ्नै सन्तान देख्दा

गला अबरूद्ध भएको छ
तिम्री आमा कति खुसी भएकी होली
पहिलो अनुहारको चमक हेर्न चाहन्थे
तर
समय नै दुश्मन भएर
उभिदिएको छ

संझदै छु पुत्र
तिम्रो आत्मविश्वासका आँखाहरूमा हराएर
अँगालोभरि स्पर्श गर्न तिमीलाई
तर
चारैतिरबाट चेपिरहेछ बाफिलो हावा
उकुसमुकुस भएको छु
बाहिर छाला डढेर कालो भएको जस्तै
भित्रभित्र मन मुटु पोलिरहेछ
पहिलो अनुभाव हो
यस्तो बेला
खुसी पनि सकसपूर्ण हुने रहेछ !

आँखा अगाडि भयानक तर्साउँदैछ
आफैले देखेको
तिम्रो आँखामा साकार हुँदैगएको सपना
डराउँदै छ मन
एकदिन
तिमीपनि म जस्तै
जन्मभूमिबाट परपर हुनेछौ

पुत्र !
तिमी बाहुनको छोरा
आफ्नै भूगोलभित्र ठूलो सपना नदेख

हाम्रो देशको संबिधान र कानुनले
बाहुनलाई पहिचानबिहिन बनाएको बेला
नीति र नियतिले पर धकेलेको समयमा
तिम्रो दक्षता
योग्यता र सामाथ्र्यलाई
पक्कै पनि चिन्ने छैन देशले
निखार्ने छन् सबै संभावना
सलहहरूले

उच्च शिक्षा र अबसर
तिम्रो भागमा नपरेपछि
भोको पेट
म जस्तै भाग्य जित्न
कहाँ पुग्ने छौ ?

आफ्नै माटोमा
पहिचान कसरी गुमाउने छौ
कहाँ पलाएन हुनेछौ
तिमी ?
कसरी होला विपना ?

आफ्नै आँगनमा फुल्दै गरेको कापिला फूल
फक्रिएको हेर्ने चाहना
मुटु दुखिरहेछ
घाँटी अँठ्याएर

जसरी
मेरा उर्बर बैंस र रहरहरू
तातो मरूभुमिमा सेलाइसकें
केहि दिन र गर्न सकिन मातृभूमिलाई
बुढो भएर फर्कने तरखर गर्दैछु

तिमी नजन्मदै छोडेर लाहुर हिडेको म
फेरि
तिम्रो र तिम्री आमाको सामिप्यमा नपुग्दै
पराईभूमिमा
कसरी खुसी हुँ पिता भएर
बहिर्गमन भै रहेका आफ्नै सन्तान देख्दा

तिम्रो वायुगतिको बौद्दिकता
र तिम्रो समयलाई
रोक्न सक्दिन म

तिमीमा
बौद्दिक कमजोरी नै भैदिएको भए
तिमीमा
बौद्दिक अपांगता नै भैदिएको भए
सन्तोष मान्ने थिएँ
कम्तिमा बुढेसकालका आँखाले
पेटभरि तिमीलाई
आफ्नै काखमा देख्ने थिएँ
आफ्नै आँगनमा देख्ने थिएँ

किनकी
पुत्र
हाम्रो देशलाई
सकारात्मक सोच्ने बौद्दिक बाहुन पुत्र
चाहिए कै छैन ।

वि.सं.२०७९ भदौ ११ शनिवार ०९:०३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...