back
CTIZAN AD

एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

वि.सं.२०७९ भदौ ११ शनिवार

789 

shares

बैंकक । एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन् ।

थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेखि शुक्रबारसम्म आयोजित स्वास्थ्य र अर्थतन्त्रसम्बन्धी १२औँ एपेक उच्चस्तरीय बैठकमा सहभागीहरूले भविष्यमा हुने महामारीविरुद्ध यस क्षेत्रको लचिलोपनका बारेमा विचार आदानप्रदान गर्नुका साथै समग्र समाजमा गुणस्तरीय वृद्धिलाई बढावा दिने प्रतिबद्धता दोहोर्याएका छन् ।

खोप, निदान र थेराप्युटिक्सजस्ता स्वास्थ्य प्रविधिमा सार्वजनिक र निजी लगानीलाई बढावा दिने बिषयमा छलफल केन्द्रित रहेको सहभागी प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले नयाँ प्रबिधिहरूलाई बढावा दिन समावेशी डिजिटल अर्थव्यवस्था सिर्जना गर्न थप प्रयासहरूलाई प्रोत्साहन गर्नेमा जोड दिएका छन् । सन्ह्वा

वि.सं.२०७९ भदौ ११ शनिवार १५:०० मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...