काठमाडौं । पिपुल्स पावर कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धक प्रभु क्यापिटलको आफ्नै कार्यालय कमलादीमा आइतबार आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको छ भने १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर निष्काशन गरेको थियो । आवेदन सदर भएका १५ लाख ५१ हजार ४१३ आवेदक मध्येबाट २ लाख २९ हजार ४६८ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
वि.सं.२०७९ भदौ १२ आइतवार १४:४२ मा प्रकाशित


























