back
CTIZAN AD

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइनमार्फत एलसी तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवा

वि.सं.२०७९ भदौ १४ मंगलवार

768 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ । बैंकले व्यापार सञ्चालन प्रणालीलाई ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै एलसी तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरिएको जनाएको छ ।

बैंकका अनुसार यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरीे सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्ने छन्। यसले गर्दा ग्राहकहरू एलसी वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुने बैंकको विश्वास छ ।

त्यसैगरी, यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास बैंकले लिएको जनाएको छ । बैंकका अनुसार यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ ।

बैंकले २८९ शाखा, २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ १४ मंगलवार २०:४४ मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...