काठमाडौं । प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा विशेष छुट पाउने भएका छन् । बैंक र पोखरा, लेकसाइड स्थित भान्छा घरबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले चेली थकाली भान्छा घरद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।
चेली थकाली भान्छा घरमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चेली थकाली भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त गर्नेे व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।
वि.सं.२०७९ भदौ १५ बुधवार १५:५५ मा प्रकाशित
























