back
CTIZAN AD

पाकिस्तानमा बाढीको कहर, १४ सय बढीले ज्यान गुमाए, तीन करोड बढी मानिस प्रभावित 

वि.सं.२०७९ भदौ १६ बिहीवार

699 

shares

इस्लामाबाद । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ ।

पाकिस्तानमा बाढीले विध्वंश मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बालबालिकासहित एक हजार एक सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै एक हजार छ सयभन्दा बढी मानिस घाइते भएका छन् भने दुई लाख ८७ हजारभन्दा बढी घरहरू पूर्णरूपमा नष्ट भएका छन् ।

यसबाहेक, करिब सात लाख ३५ हजारभन्दा बढी पशुपक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ ।

डब्ल्यूएचओले एक रिपोर्टमा भनेको छ, “जुलाई २०२२ को मध्यमा पाकिस्तानमा सुरु भएको भारी मनसुनी वर्षा देशका धेरै भागहरूमा जारी छ र यसले पाकिस्तानका एक सय ५४ जिल्लाहरूमध्ये एक सय १६ जिल्लाहरू (७५ प्रतिशत) लाई प्रभावित पारेको छ । सबैभन्दा बढी सिन्ध प्रभावित बनेको छ भने बलुचिस्तान दोस्रो प्रभावित प्रान्त हो ।”

संयुक्त राष्ट्रसङ्घले भनेको छ, “पाकिस्तानमा २५ अगष्ट २०२२ सम्ममा वर्षा र बाढीका कारण तीन करोड ३० लाख मानिसहरू प्रभावित भएका छन् । चार लाख २१ हजार शरणार्थीसहित ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ । एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने करिब १५ हजार मानिस घाइते भएका छन् ।”

डब्ल्यूएचओका अनुसार वर्षा र बाढीका कारण देशका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन् भने सन् २०२२ अगष्ट २८ सम्ममा आठ सय ८८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ, जसमध्ये एक सय ८० वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीमा पहुँच अहिलेका लागि मुख्य स्वास्थ्य चुनौतीका रूपमा रहेको डब्ल्यूएचओले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले देशको स्वास्थ्य प्रणालीले कोभिड–१९, हैजा, टाइफाइड र दादुराजस्ता विभिन्न समसामयिक स्वास्थ्य खतरासँग जुधिरहेको जनाएको छ ।

यद्यपि पाकिस्तानमा अहिलेको बाढी आउनुभन्दा पहिले पनि ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य सेवाको पहुँचमा ठूलो असमानता थियो ।

संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न थप ३० मिलियन अमेरिकी डलरको जीवन रक्षक मानवीय सहायताको घोषणा गरेको छ भने अन्य मुलुकहरूबाट पनि सहयोगका लागि प्रतिबद्धताहरू आएका छन् । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ भदौ १६ बिहीवार ०७:५३ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...