back
CTIZAN AD

आगामी निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

वि.सं.२०७९ भदौ १७ शुक्रवार

1.1K 

shares

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् ।

आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ ।

यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६० औँ क्रममा रहको छ । यस्तै ६८ औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०८:४८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...