back
CTIZAN AD

गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीको राजीनामा

वि.सं.२०७९ भदौ १७ शुक्रवार

969 

shares

लिस्बन । आपत्कालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले मङ्गलबार राजीनामा दिएकी छन् ।

पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले एक वाक्यमा उनीसँग पदमा रहिरहन कुनै सर्त बाँकी नरहेको भन्दै राजीनामा दिएकी छिन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले स्वास्थ्य मन्त्रीको राजीनमा स्वीकृत गरेको उल्लेख गरिएको छ ।

एक गर्भवती भारतीय महिलाको डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण अर्को साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो ।

अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिबार मृत्यु भएको थियो । यही कारण जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी हुन् । (रासस÷एएनआई)

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०८:५६ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...