back
CTIZAN AD

अमेरिकाले लगायो रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध

वि.सं.२०७९ भदौ १७ शुक्रवार

942 

shares

वाशिङटन । अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाले बाइडन प्रशासनले रुस र चीनलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

कम्पनीले बुधबार अमेरिकी सुरक्षा तथा र विनिमय आयोगद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “अमेरिकी प्रशासनले एनभिडिया कर्पोरेशन नामक प्रविधि कम्पनीलाई यूएसजीले कम्पनीको ‘ए १०० र आगामी एच १०० इन्टिग्रेटेड सर्किट’ लाई चीन (हङकङ सहित) र रूसमा भविष्यमा कुनै पनि निर्यातका लागि तत्काल कार्यान्वयनमा आउने गरी नयाँ इजाजतपत्र हुनुपर्ने अनिवार्य गरिएको २६ अगष्ट २०२२ मा भएको निर्णयमा उल्लेख छ ।”

कम्पनीका अनुसार प्रविधिको निर्यात र सहयोगका लागि नयाँ इजाजतपत्र आवश्यक छ, जसले गर्दा यी प्रविधिहरू सैन्य उद्देश्यका लागि प्रयोग गर्न सकिने जोखिमलाई समाप्त गर्दछ । कम्पनीले सम्भावित ग्राहकका लागि अनुमतिपत्रका लागि अनुरोध गर्न सक्छ, तर सरकारले इजाजत पत्र नदिन पनि सक्नेछ ।

“नयाँ लाइसेन्स आवश्यकताले ‘एच १००’ को विकासलाई समयमै पूरा गर्न वा ‘ए १००’ का विद्यमान ग्राहकहरूलाई सहयोग गर्ने कम्पनीको क्षमतामा असर पार्न सक्छ र कम्पनीलाई चीनबाट केही अपरेशनहरू स्थानान्तरण गर्न आवश्यक हुन सक्छ ।

कम्पनीमा अमेरिकी सरकारको स्वामित्व छ र कम्पनीको आन्तरिक विकास र समर्थन गतिविधिहरूका लागि छूट खोज्दैछ,” विज्ञप्तिमा भनिएको छ । “यो कदमले तेस्रो त्रैमासिकमा कम्पनीको राजस्वमा चार करोड अमेरिकी डलर बराबरको प्रभाब पर्नेछ ।”

न्युयोर्क टाइम्सका अनुसार अर्को अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का उच्च प्रविधियुक्त उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडनले दुई सय ८० अर्ब अमेरिकी डलरको ‘चिप्स एण्ड साइन्स एक्ट २०२२’ लागू गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यसमा चीनको बढ्दो प्राविधिक प्रभावको सामना गर्न अमेरिकी सेमिकन्डक्टर उत्पादकहरूका लागि ५२ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान समावेश छ । चीनले सेमिकन्डक्टरका स्थानीय उत्पादकहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकी चिप्ससम्बन्धी नयाँ कानुनको विरोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले गत महिना अमेरिकाले पारित गरेको नयाँ चिप्स एण्ड साइन्स एक्टले विश्वव्यापी आपूर्ति शृङ्खलालाई विथोल्ने र अन्तर्राष्ट्रिय व्यापारमा बाधा पु¥याउने बताएका थिए ।

वाङले भने, “संयुक्त राज्य अमेरिकाले भनेको छ कि यस अधिनियमको उद्देश्य अमेरिकी प्रविधि र सेमिकन्डक्टर उत्पादनको प्रतिस्पर्धात्मकता बढाउनु हो । तथापि, यस अधिनियमले चिप्स उत्पादन गर्ने अमेरिकी उद्यमहरूलाई ठूलो अनुदान प्रदान गर्दछ र उद्योग समर्थनको एक विभेदित नीति प्रस्तुत गर्दछ । यसमध्ये केही प्रावधानहरूले चीन र अमेरिकाबीचको सामान्य वैज्ञानिक र प्राविधिक समन्वयमा प्रभाव पार्नुका साथै सामान्य लगानी र व्यापारमा सम्बन्धित चिनियाँ उद्यमहरूको आर्थिक गतिविधिहरू सीमित गर्छ ।”(रासस÷एएनआई)

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०८:५९ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...