back
CTIZAN AD

भारतले दाउद इब्राहिमबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख रूपैयाँ इनाम दिने

वि.सं.२०७९ भदौ १७ शुक्रवार

852 

shares

नयाँ दिल्ली । भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

एनआईएले १८ अगष्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसङ्घ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ घोषित गरेको र भारतको गैर–कानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचीकृत दाउद इब्राहिमले डी–कम्पनी नामको अन्तर्राष्ट्रिय आतङ्कवादी सञ्जाल चलाइरहेका छन् ।”

विज्ञप्तिमा भनिएको छ, ’इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतङ्कवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक सङ्गठन सञ्चालन, सम्पत्ति शुद्धीकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृत रूपमा कब्जा र आतङ्कवादी धन सङ्कलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्ने जस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लश्कर–ए–तैएबा, जैश–ए–मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतङ्कवादी संगठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन् ।”

एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाका लागि सुनिश्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ । (रासस÷एएनआई)

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:०७ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...