काठमाडौं । कोकाकोला नेपालले कोकाकोला जिरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ ।
जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोकाकोलाको स्वादको रिफ्रेस्मेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
फेरि प्रयोग गर्न मिल्ने भएकाले यी आरजिबी बोटलहरू वातावरणमैत्री त छन् नै, यसको ग्लास प्याकेजिङले कोकाकोलालाई लामो समयसम्म रेफ्रेस बनाइ राख्छ ।
कोकाकोला जिरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:१२ मा प्रकाशित






























