back
CTIZAN AD

साओमीले ल्यायो दशैंको अबसरमा ‘दशः एमआइ’ अफर

वि.सं.२०७९ भदौ १७ शुक्रवार

648 

shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपालीहरुको महान चाड बडादसैंको अवसरमा साओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ ।

साओमीले आफ्ना ग्राहकहरूका लागि ‘दशःएमआइ’ को विभिन्न अफरहरू ल्याएको हो । एक महिना लामो ‘दशः एमआइ’ क्याम्पेनमा साओमी फोन खरिद गर्ने जो कोहीले पनि ‘दशः एमआइ’ लक्की ड्रमा प्रत्यक्ष सहभागी भइ दशएमआइ क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउनेछन् ।

साओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष ‘दशः एमआइ’ अफर ल्याएको छ ।

‘दशः एमआइ’ क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले एमआइको ४ एस ६५ का टिभि, चार जनाले एमआइ को ४३ को टिभि, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बड ३ लाइट, मोसन नाइट लाइट र नेक ब्यान्ड प्रोमध्ये बड ३ लाइट, मोसन लाइट र नेकब्यान्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।

यस अफर सार्वजनिक कार्यक्रममा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै एमआइ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताए । उनले ग्राहकको मायाले उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहन गरेको उनले बताए ।

दशैंलाई लक्षित गर्दै साओमीले चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न विशेष अफर ल्याएको उनले जानकारी दिए ।

अफरहरू भदौ १६ देखि आश्विन १४ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागु हुनेछ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:१९ मा प्रकाशित

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...