back
CTIZAN AD

बिओकेको मास्टरकार्ड प्रयोग गरी पैसा झिक्न तथा भुक्तानी गर्न सकिने

वि.सं.२०७९ भदौ १७ शुक्रवार

678 

shares

काठमाडौं । बैंक अफ काठमाण्डूको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न सकिने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब बैंकको जुनसुकै एटीएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्ने भएका हुन् ।

बैंकको एटीएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पेको नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सबै कार्डको भुक्तानी बैंकको सबै एटीएम तथा पीओएसको माध्यमबाट गर्न सकिने छ ।

साथै, उक्त सम्झौता अनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने छ । त्यस्तै, मास्टरकार्ड बाहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:३१ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...