back
CTIZAN AD

‘गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’ लागि मनोनयन

वि.सं.२०७९ भदौ १८ शनिवार

714 

shares

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’का उत्कृष्ट मनोनयनहरुको घोषणा गरेको छ ।

आनले ‘गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’को ३१ विधामा उत्कृष्ट ५ मनोनयनको घोषणा गरेको छ । आनले एक कार्यक्रमबीच सो ३१ विधिका ४ सय २५ मनोनयनमध्ये प्रत्येक विधामा उत्कृष्टताको आधारमा ५ मनोनयन घोषणा गरेको हो ।
कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उल्लेखनीय उपस्थिति थियो । विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२ औं कृति अवार्डस् २०७९ को तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तर्गतका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तगर्तका विधाहरुमा उत्कृष्ट–३÷३ छनाोटको शुक्रबार घोषणा गरिएको हो ।

यस गोल्डन ओक १२औं कृति अवार्डस्मा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए । गोल्डन ओक १२औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेका छन् ।

त्यसैगरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रूपमा मुक्तिनाथ बिकास बैक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइटिपिएफ, प्रभु बैक, सफ्टि हाइजिन, सेलपे, र राष्ट्रिय वाणिज्य बैंक छन् । गोल्डन ओक १२औं कृति अवार्डस २०७९ होटल सोल्टीमा भदौ २५ गते शनिबार हुँदैछ ।

 

वि.सं.२०७९ भदौ १८ शनिवार ०९:५६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...