back
CTIZAN AD

कर्जासम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंक समक्ष परिसंघको माग

वि.सं.२०७९ भदौ १८ शनिवार

885 

shares

काठमाडौं । नेपाल उद्योग परिसंघले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा भएका केही व्यवस्थाका कारण औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रेको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानले देशभित्र व्यावसायिक वातावरण नबन्ने र भएको वातावरणसमेत बिग्रन सक्ने परिसंघको बुझाइ छ ।

उक्त मार्गदर्शनले स्वदेशी तथा ‘मेक इन नेपाल’ जस्ता नेपाल सरकारसमेतको स्वामित्व रहेका अभियानसमेतलाई प्रतिकूल असर गर्ने आफूहरुको ठम्याई रहेको परिसंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

केन्द्रीय बैंकले चालु पूँजी कर्जालाई एकरूपता कायम गर्न, कर्जा स्वीकृति प्रक्रिया एवं उपयोग पारदर्शी बनाउन चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको उक्त मार्गनिर्देशनको मस्यौदामा परिसंघले पनि सुझाव पेश गरेको स्मरण गरेको छ । परिसंघको सुझावअनुसार ५० लाखसम्म ऋण लिने साना ऋणीलाई यो मार्गनिर्देशन अनिवार्य नहुने, एक करोडको सीमालाई दुई करोड गरिएको, लेखा परीक्षणको व्यवस्थालगायतमा गरिएका केही विषय भने सकारात्मक रहेको जनाएको छ ।

कोभिड तथा अन्य कारणले अर्थतन्त्र शिथिल बनेको समयमा औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा नै घट्ने गरी उक्त नीति आएको भन्दै परिसंघले त्यसमा सुधारको माग गरेको छ ।

वि.सं.२०७९ भदौ १८ शनिवार ०९:५१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...