काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
उपाध्यक्ष थापाकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
उनी केही वर्षयता दीर्घरोगका कारण थला परेकी थिइन् ।
वि.सं.२०७९ भदौ १९ आइतवार ११:३६ मा प्रकाशित






























