back
CTIZAN AD

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

वि.सं.२०७९ भदौ १९ आइतवार

801 

shares

राँझा । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ ।

सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि. ९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबङ्कीमा दुर्घटना हुँदा राप्ती सोनारी– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी–५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिङ्गो बिनौना गाउँ शोकमग्न भएको वडाध्यक्ष झगरु थारुले बताए ।

“गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ”, वडाध्यक्ष थारुले भने, “शोकमग्न आफन्तजन तथा गाउँवासी दाहसंस्कारका लागि आइपगेका छन् ।” प्रेम र शीतल यसअघि पटक–पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए । मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनावासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताए ।

मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । उनका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरुको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।रासस

 

वि.सं.२०७९ भदौ १९ आइतवार १२:४४ मा प्रकाशित

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...