back
CTIZAN AD

बाबुराम भट्टराई गोरखा २ बाट सर्वसम्मत उम्मेदवार, अन्य को–को परे त सिफारिसमा ?

वि.सं.२०७९ भदौ १९ आइतवार

1.1K 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।

शनिबार गोरखामा बसेको पार्टीको विस्तारित बैठकले पार्टी अध्यक्ष भट्टराईलाई गोरखा २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

डा भट्टराईको पार्टी र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमति अनुसार डा. भट्टराई माओवादी केन्द्रकै चुनाव चिन्ह्रबाट चुनाव लड्ने भएका हुन् । जिल्ला कमिटीले उनको नाम सिफारिस गरेको भए पनि यसबारेमा माओवादी केन्द्रसँग छलफल गरेका छैनन् ।

डा भट्टराईले यसअघि गोरखा २ बाट चुनाव लड्ने बताउँदै आएका छन् भने नेकपा माओवादी केन्द्र गोरखाले भने क्षेत्र नं २ बाट पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस गरिसकेको छ ।

यी हुन् सिफारिसमा परेका अन्य उम्मेदवार
त्यसैगरी समाजवादी पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र विद्यार्थी नेता रूपनारायण श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) मा गोपालबाबु श्रेष्ठ, ज्योति कोइराला र कुमार गुरूङ तथा क्षेत्र नम्बर १ को (ख) तर्फ राजेन्द्र पराजुलीलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (क) मा पूर्वसभासद ज्ञानेन्द्र कुमाल, दुर्गा भट्टराई र उपेन्द्र देवकोटा तथा क्षेत्र ख का लागि रमेश पोखरेल र धनमाया लामा उम्मेदवार सिफारिस भएका छन् ।

वि.सं.२०७९ भदौ १९ आइतवार १३:१० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...