back
CTIZAN AD

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस, क-कस्को नाम सिफारिस भयो त ?

वि.सं.२०७९ भदौ १९ आइतवार

1K 

shares

अछाम । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो ।

पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा समानुपातिकतर्फ अनुराधाकुमारी स्वाँर, मोतिलाल बोहरा, डम्मर सुनार, मोहमद अक्रामुल शेख, शान्ता कुँवर, लक्ष्मी शाह र सुरेन्द्र खड्काको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाही तथा समानुपातिकतर्फ क्षेत्र नं २ बाट देवराज देवकोटा, विनोदकुमार थापा, बिपी रेग्मी, अक्कलबहादुर विष्ट, टेकबहादुर विक, अम्बिकुमारी थापा र सुनिता थापाको नाम सिफारिस गरिएको छ ।

यसैगरी क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ २० जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ ‘क’बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ ‘ख’बाट प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको सचिव शाहले जानकारी दिए ।

 

वि.सं.२०७९ भदौ १९ आइतवार १४:५४ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...