back
CTIZAN AD

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

वि.सं.२०८३ साउन ८ शुक्रवार

201 

shares

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडका १३ घरधुरी जोखिममा परेका छन्। तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेपछि सबै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले प्रभावित क्षेत्र पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले १३ घरधुरीका ८३ जना परिवारका सदस्यसँगै उनीहरूको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारेको जनाएको छ।

पहिरोको त्रासका बीच स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकी थिइन्। उपचारपछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको र अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा पनि ठूलो क्षति पुगेको छ। पहिरोले करिब २३० मिटर लम्बाइको २०० एमएम प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएको छ।

प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३१ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...