back
CTIZAN AD

असोजदेखि हप्तामा ५ दिन मात्र सेयर कारोबार हुने

वि.सं.२०७९ भदौ १९ आइतवार

942 

shares

काठमाडौं । आगामी असोजदेखि हप्तामा ५ दिन मात्र सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आइतबार बसेको बोर्ड बैठकले शुक्रबार सेयर बजार बन्द गर्ने निर्णय गरेसँगै हप्तामा ५ दिन मात्र सेयर कारोबार हुने भएको हो ।

यसअघि सरकारले जेठ १ गतेदेखि ३० गतेसम्म एक महिना हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिएसँगै आइतबार सार्वजनिक विदा हुने भएपछि सो दिनको सट्टा सेयर बजार कारोबार शुक्रबारलाई सारिएको थियो ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भएको एक महिना नबित्दै आइतबारको बिदा खारेज गरेको थियो । तर, यता सेयर बजारमा भने आइतबारदेखि शुक्रबार नै कारोबार हुँदै आयो । असार १ गतेदेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुँदै आएकोमा तीन महिनापछि नेप्सेले पूर्ववत् कारोबार दिन(आइतबारदेखि बिहीबार)लाई नै कार्यान्वयन गर्ने भएको छ ।

शुक्रबार कारोबार बन्द गर्नुपर्ने माग उठेसँगै नेप्सेले यस्तो निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी असोज १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी शुक्रबार कारोबार बन्द गरिने जनाएको छ ।

वि.सं.२०७९ भदौ १९ आइतवार १४:३६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...