back
CTIZAN AD

चोलेन्द्र शमशेरको जवाफ–रन्जन कोइरालाको मुद्दालाई लिएर महाभियोग लागे मेरो भन्नु केही छैन

वि.सं.२०७९ भदौ १९ आइतवार

783 

shares

काठमाडौं । निलम्बित प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जबराले डिआइजी रन्जन कोइरालाको मुद्दामा आफुले गरेको फैसलाका कारण महाभियोग लागे आफ्नो भन्नु केही नरहेको बताएका छन् ।

संसदको महाभियोग सिफारिस समितिले आइतबार डिआइजी कोइरालाको मुद्दामा राणाले गरेको फैसलाका बारेमा सोधिएको प्रश्नमा उनले आफ्दे कोइरालाको परिवारको बयान सुनेर विवेक प्रयोग गरेरै फैसला गरेको बताउँदै सो मुद्दालाई लिएर महाभियोग लागेमा आफ्नो भन्ने केही नरहेको बताएका हुन् ।

‘मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो । मैले विवेक प्रयोग गरें । यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन,’ राणाको भनाई उद्धृत गर्दै समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्माले बताए ।

समितिका सदस्यहरुले राणासँग आज पनि बयानका क्रममा एकघण्टामा पाँचवटा प्रश्न सोधेका थिए ।

भदौ १५ गतेदेखि बयान लिन थालेको समितिले बयानका लागि ४३ प्रश्न तयार गरेको छ । भदौ १५ र १६ गते समितिले राणासँग ७ वटा प्रश्न गरेको थियो आइतबार तेस्रो दिन पाँचवटा प्रश्न गरेको हो । समितिको अर्को बैठक भदौ २५ गते बस्ने बताइएको छ ।

यो पनि…

महाभियोग समितिमा राणाको दोस्रो दिन : उल्टै समितिलाई नै प्रश्नै प्रश्न

वि.सं.२०७९ भदौ १९ आइतवार १४:०२ मा प्रकाशित

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी ः थप ५६ जनाले पाए रकम

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी ः थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय...

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवद्र्धनमा जोड

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवद्र्धनमा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस...