back
CTIZAN AD

सान्जेन जलविद्युतको आईपिओमा आवेदन दिने म्याद थप

वि.सं.२०७९ भदौ १९ आइतवार

921 

shares

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीको आईपिओमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले भदौ ५ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावितका लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे(साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं.४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरुः–१,२,३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् । शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन सकिने छ । कम्पनीको शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ । सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।

कम्पनीले यस अघि नै सर्वसाधारणका लागि आईपिओ निष्काशन गरिसकेको छ । कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

वि.सं.२०७९ भदौ १९ आइतवार १३:४५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...