काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सोमबार) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आइपीओका लागि १८ लाख ८३ हजार १ सय१८ जनाले आवेदन दिएका थिए । दोहोरो परेका १ हजार ५ सय ५१ र ९८ हजार ४ सय ९३ जनाको आवेदन अन्य विभिन्न कारणले रद्द भएका थिए । कम्पनीको आईपीओका लागि योग्य १७ लाख ८३ हजार ७४ आवेदक मध्ये १२ हजार ३ सय ४० जनालाई न्युनतम १०/१० कित्ता सेयर परेको छ ।
लघुवित्तले भदौ ८ देखि ल्याएको आइपीओका लागि ५ दिन दरखास्तको म्याद थियो । संस्थाले जारी गरेको १ लाख ३२ हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ६ हजार ६ सय कित्ता र कर्मचारीका लागि जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता छुट्याइएको थियो ।
बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार जारी सेयरमा करिब १६८.६४ गुणा बढी आवेदन परेको थियो ।
वि.सं.२०७९ भदौ २० सोमवार १४:१७ मा प्रकाशित


























