back
CTIZAN AD

फिप्ना अमेरिकाको आयोजनामा ‘फिप्ना समर पिकनिक २०२२’ सम्पन्न

वि.सं.२०७९ भदौ २० सोमवार

795 

shares

काठमाडौं । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ‘फिप्ना समर पिकनिक २०२२’ सम्पन्न गरेको छ ।
न्यूयोर्कको क्वीन्स ब्रीज पार्कमा २८ अगस्तमा सम्पन्न उक्त पिकनिकको मुख्य उद्धेश्य आपसी सदभावलाई मूल मन्त्र ठानी संस्था–संस्था विच, व्यक्ति–व्यक्ति बिच एकआपसको सम्बन्धलाई पुर्नताजगी, सुमुधुर तथा विस्तार गर्ने रहेको महासंघका महासचिव टोमा लामाले जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको गुणात्मक उपस्थितिले पिकनिक कार्यक्रम अत्यन्तै सफल र सार्थक भएको महासंघका अध्यक्ष राज कुमार बिष्टले बताए ।
कार्यक्रममा न्यूयोर्क शहरका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य एवं कलेज प्वाइन्ट सिभिक र ट्याक्सपेयरस एसोसियसनका अध्यक्ष नवराज केसी, डेमोक्र्याटिक नोमिनी फर एसेम्बली डिष्ट्रिक ३० का स्टेभेन रेज, नेपाल सरकारका लागि न्न्यूयोर्कका पर्यटन दूत प्रदिप श्रेष्ठ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका नवनिर्वाचित केन्द्रीय अध्यक्ष मोहन वाईबा, हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा, अधिकारका निर्देशक नर्बदा क्षेत्री, प्रवासी नेपाली मन्चका केन्द्रीय अध्यक्ष कृष्ण लामिछाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, प्रवासी नेपाली एकता मन्चका केन्द्रीय अध्यक्ष टेक गुरुङ, दर्शन नेपाली समाज अमेरिकाका अध्यक्ष मिलन कुमार शाहीको सहभागिता रहेको थियो ।

त्यस्तै वल्र्ड कनेक्सन युएसएका अध्यक्ष एवं गायक आङगेलु शेर्पा, नेपाल भिजन अमेरिकाका प्रमुख मोहन श्रेष्ठ .र सपरिवार, प्रवासी नेपाली मन्च न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिङदेन, नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वउपाध्यक्ष डण्ढु डोकप्या, तामाङ सोसाइटी अफ नर्थ अमेरिका निवर्तमान अध्यक्ष लक्यान लामा, सयुक्त राष्ट्रसंघमा कार्यरत् किरण पौडेल, व्यवसायी पासाङ शेर्पा, दावा शेर्पा, समाजसेवी एवं एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष बिष्णु राना मगर र रिजउडका व्यवसायी देउराली वायरलेसका किशोर श्रेष्ठ लगायतका रिजउडका व्यक्तित्वहरु, न्यूयोर्कका समाजसेवी केशब राम राई लगायतका थुप्रै व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी फिप्नाका सघीय परिषद सभामुख शुवर्ण कुमार शाक्य, उपसभामुख गोमा योन्जन, फिप्नाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरुमा लिला राई, निर्मल प्रधान, फिप्नाका निर्वतामान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङ, फिप्नाका पुर्व महासचिवहरुमा प्रेम गुरुङ, दिपेस लिम्बु, फिप्ना सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको र अन्य फिप्नालाई नजिकबाट माया गर्ने समाजसेवीहरुको पनि उपस्थिति थियो ।

पिकनिक कार्यक्रममा गायक आङगेलु शेर्पा, गायक एवं फिप्नाका सभामुख शुवर्ण कुमार शाक्य र गायिका एवं फिप्नाका उपसभामुख गोमा योञ्जनले गीत प्रस्तुतिले पिकनिकको माहोललाई रमाइलो बनाइएको थियो ।

डीजेमा डीजे जाङबुले साथ दिएका थिए । उपस्थित् सबैले डीजेमा पनि नृत्य गरी रमाइलो गरेका थिए ।

फिप्ना पिकनिक कार्यक्रमलाई सफल बनाउन फिप्नाका सल्लाहकार लिला राई, बुद्ध ट्याक्सका प्रबन्धक पशुपति श्रेष्ठ र ब्यानर, टिकट लगायत अन्य प्रिन्टिङ मसलन्दको स्पोन्सर फिप्नाका सभामुख शुवर्ण कुमार शाक्य लगायतका अन्य व्यक्तित्वहरुले सहयोग गरेको बताइएको छ ।

वि.सं.२०७९ भदौ २० सोमवार १४:२७ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...