काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
जस मध्ये ५७ हजार ५सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ५८ हजार कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असोज २ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयका लागि आईपिओ निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो ।
वि.सं.२०७९ भदौ २१ मंगलवार ११:२४ मा प्रकाशित


























