back
CTIZAN AD

एमाले तनहुँद्वारा क्षेत्र नं १ मा रानालाई सर्वसम्मत, २ मा तीनजनाको नाम सिफारिस

वि.सं.२०७९ भदौ २१ मंगलवार

738 

shares

दमौली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले सोमबार उम्मेदवार सिफारिस गरेको हो ।

एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नं १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कलाकुमारी ढकाल सिफारिस भएका छन् ।

प्रदेश (ख) का लागि इन्द्रबहादुर कुँवर, अम्मर भण्डारी, विन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठ सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल र विष्णु पराजुली अधिकारी सिफारिस भएका छन् ।

क्षेत्र नं २ प्रदेश (क) का लागि कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गाप्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिवबहादुर महत, शेषमणि आचार्य, अर्जुनप्रसाद नागिला र राधादेवी महत क्षेत्री सिफारिस भएका छन् ।

प्रदेश (ख) का लागि विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, मेखबहादुर थापा, दिलबहादुर थापा, नारायण खनाल, रनबहादुर राना, इन्द्र थापा र डिना गोतामे सिफारिस भएका छन् ।
समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस भएका छन् ।

प्रदेशसभाका लागि समानुपातिकमा शिव अधिकारी, सविता रसाइली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्णराज ढकाल, ममिन मियाँ, रणबहादुर गुरुङ, नुर महमद मियाँ, रामकुमार श्रेष्ठ, इन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सीताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवान सिफारिस भएको एमालेले जनाएको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १७:२७ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...