back
CTIZAN AD

राष्ट्रियसभाको बैठकद्धारा कारागार विधेयक पारित

वि.सं.२०७९ भदौ २१ मंगलवार

675 

shares

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७९ पारित गरेको छ ।

सभाको आजको बैठकले गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको कारागार विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा सांसदहरु डा विमला राई पौड्याल र भूवनबहादुर सुनारले कारागार व्यवस्थापन सुधारका लागि संरचना निर्माण र जनशक्तिको व्यवस्थापन गर्न ध्यानाकर्षण गराए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले कारागारको भौतिक संरचना र व्यवस्थापनलाई सुधार गर्नेगरी विधेयक ल्याइएको बताए । उनले कारागारमा धेरै खालका कैदीबन्दी रहेकाले कारागारलाई सुधारगृह बनाउने र उनीहरुलाई उत्पादनशील बनाउँदै मानवअधिकार र समाजप्रति बढी उत्तरदायी बनाउने विधेयकले लक्ष्य लिएको बताए ।

गृहमन्त्री खाणले कारागारलाई सुधारगृहका रुपमा विकास गरी भौतिक संरचनालाई पनि सुधार गरेर बन्दीको स्वास्थ्य र सुरक्षाको राज्यले गम्भीर तरिकाको सुरक्षा गर्नुपर्छ भन्ने सकारात्मक सुझावलाई समेटेर विधेयक अघि बढाइने विश्वास व्यक्त गरे । आगामी वर्षबाट कारागार व्यवस्थापनमा राज्यले लगानी वृद्धि गर्ने उनले बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकले कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ २६ गते दिउँसो १ बजे बस्नेछ ।

 

वि.सं.२०७९ भदौ २१ मंगलवार १७:१२ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...