back
CTIZAN AD

बोरिस जोनसनद्धारा ट्रसलाई पूर्णसमर्थन गर्ने वाचा

वि.सं.२०७९ भदौ २१ मंगलवार

636 

shares

लन्डन । बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार आफ्नो उत्तराधिकारी लिज ट्रसलाई समर्थनको वाचा गरेका छन् । उनले बेलायती प्रधानमन्त्रीको रुपमा डाउनिङ स्ट्रिट छोडेर राजीनामा दिएका छन् ।

जोनसनको कार्यकाल ब्रेक्सिट र कोभिडको प्रभुत्व रहेको थियो । रानी एलिजाबेथ द्वितीयाको भेटवार्ता गर्न जाँदै गर्नुभएका जोनसनलाई उनका समर्थकले जयजयकार र ताली बजाएर विदाइ गरेका थिए ।

उनले ‘म लिज ट्रस र नयाँ सरकारलाई हरेक पाइलामा समर्थन गर्नेछु’ भन्ने प्रतिबद्धता गरेका छन् । उनले आफ्नो सत्तारुढ कन्जरभेटिभ पार्टीलाई ऊर्जा सङ्कट समाधान गर्नका लागि आफ्नो मतभेदलाई पन्छाउन आग्रह गरेका छन् । ऊर्जा सङ्कट ट्रसको निकट भविष्यमा हावी हुने देखिन्छ ।

“यदि डिलिन (उनको कुकुर) र ल्यारी (डाउनिङ स्ट्रिट बिरालो) ले उनीहरूको सामयिक कठिनाइहरू पछाडि राख्न सक्छ भने कन्जरभेटिभ पार्टीले पनि सक्छ,“ उनले थप कुरा बताएका छन् । (रासस/एएफपी)

वि.सं.२०७९ भदौ २१ मंगलवार १८:२३ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...