back
CTIZAN AD

चुनावमा मुखमा काठमाडौंसहित विभिन्न जिल्लाका सिडिओ परिवर्तन

वि.सं.२०७९ भदौ २२ बुधवार

975 

shares

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर र कास्कीसहित महत्वपूर्णं जिल्लाका सिडिओ परिवर्तन गरेको हो ।

काठमाडौं सिडिओ गोविन्दप्रसाद रिजाल गृहमा तानिएका छन् भने घनश्याम उपाध्याय नयाँ सिडिओ बनेका छन् । उपाध्याय यसअघि ललितपुरका प्रमुख जिल्ला अधिकारी थिए ।

यस्तै, गृहले कास्कीका सिडिओ जयनारायण आचार्यलाई ललितपुर तानेको छ । कास्कीमा भने गृह मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका टेकबहादुर केसीलाई पठाएको छ ।

गृहले जुम्ला, दैलेख, पाँचथरलगायतका जिल्लाका पनि प्रमुख फेरेको छ ।

एमालेको आपत्ति

सिडिओहरु परिवर्तन गरिएको प्रति प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आपत्ति जनाएको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचनमा धाँधदी गर्ने उद्देश्यले कर्मचारी सरुवा गरिएकोले सरुवा अमान्य रहेको बताए ।

“काम चलाउ सरकारले दीर्घकालीन महत्वका कतिपय निर्णय गर्नुका साथै यहिँ प्रतिनिधिसभामा पनि अनेक खालका विधेयक ल्याएर विवेकलाई छाडेर बहुमतको बलमा पारित गर्न खोजेको छ”, भट्टराईले भने, “कर्मचारी सरुवा निरन्तर भइरहेको छ, आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरूलाई छानिछानी जिल्लाजिल्लामा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी पठाउने काम भएको छ । निर्वाचन प्रभावित गर्नेगरी आफ्ना मान्छे छानिछानी पठाउने काम गरिएको छ । जुन आपत्तिजनक छ ।”

वि.सं.२०७९ भदौ २२ बुधवार १४:१७ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...