काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालय प्रालिमा छुट पाउने भएका छन् । बैंक र गोल्फुटार स्थित काठमाडौं नेत्रालयबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र नेत्रालयका तर्फबाट निर्देशक रोहित सैंजुले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले काठमाडौं नेत्रालयद्धारा सञ्चालित सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।
सम्झौताअन्तर्गत सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, काठमाडौं नेत्रालय प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।
वि.सं.२०७९ भदौ २२ बुधवार १५:३८ मा प्रकाशित





























