back
CTIZAN AD

ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको पुटिनद्धारा खण्डन

वि.सं.२०७९ भदौ २३ बिहीवार

804 

shares

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको बुधबार खण्डन गरेका छन् ।

जाडो याम नजिकिँदै गर्दा युरोपमा ऊर्जा मूल्य सङ्कट उत्पन्न हुने डरलाई थप प्रमाणित गर्दै रूसले मर्मतका लागि नोर्ड स्ट्रिम पाइपलाइन केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

रूसी आपूर्तिमा अत्यधिक निर्भर रहेको युरोपले युक्रेनमा रूसको सैन्य अभियानलाई लिएर लगाइएको प्रतिबन्धको जवाफमा मस्कोले ऊर्जालाई आपूर्तिलाई ब्ल्याकमेलिङको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।

पुटिनले प्रशान्त महासागरीय बन्दरगाह शहर भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा भने, “रूसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गर्छ भन्ने उनीहरूको भनाइ छ । यो निकै गलत छ । आयातकर्ताको अनुरोध र आवश्यकताअनुसार आफ्नो क्षमतामा इन्धन आपूर्ति गर्छौं ।”

रूसी ग्याँस कम्पनी गजप्रोमले शुक्रबार एक टर्बाइनमा तेल चुहावट भेटिएपछि नोर्ड स्ट्रिम मर्मतका लागि बन्द गर्ने जनाएको छ ।

क्रेमलिनको प्रतिबन्धले रूसी ग्याँस पूर्वाधारको उचित मर्मतसम्भारमा बाधा पु¥याएको र विशेष गरी क्यानाडामा मर्मत भइरहेको सिमेन्स टर्बाइनको फिर्तीमा अवरोध पु¥याएको बताएको छ ।

भ्लादिभोस्तोक फोरममा पुटिनले भने, “हामीलाई टर्बाइन दिनुहोस्, हामी भोलि नोर्ड स्ट्रिम घुमाउनेछौं।”

“हामी भोलि यो गर्न तयार छौं, केवल एक बटन थिच्न आवश्यक छ । तर हामीले नै प्रतिबन्ध लगाएका होइनौं,” पुटिनले भने । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:३५ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...