back
CTIZAN AD

पाकिस्तानमा अकल्पनिय मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

वि.सं.२०७९ भदौ २३ बिहीवार

756 

shares

इस्लामावाद । पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।

पाकिस्तानमा पछिल्लो समय अत्यधिक बर्षापछिका बर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

“हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौँ, घातक बर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,” डब्लुएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मान्धरीले भने ।

पाकिस्तानमा केही समय अगाडिको बर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै नभएको जस्तो बढी देखिएको उनको भनाइ छ ।

बर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको मान्धरीको बुझाइ छ ।

उनका अनुसार पछिल्लो बाढी पहिरोका कारण दशौँ लाख मानिस जवरजस्त असुरक्षित पानी प्रयोग गर्न वाध्य भएका छन् । अस्वस्थ पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको उनले बताए ।

बाढी पहिरोका कारण विस्थापित भएकाहरू अहिले पनि असुरक्षित जीवन विताईरहेका छन् । उनीहरूलाई आधारभूत उपभोग्य बस्तुहरुसँगै स्वास्थ्य सेवाको समेत अभाव रहेको छ । त्यसैले पनि मानवीय सङ्कट थप उत्पन्न हुन सक्ने उनको अनुमान छ ।

गुणस्तरीय आधारभूत सेवा सुविधा नपाउँदा झाडा पखाला, औलो, डेङ्गु लगायतका रोग लाग्ने र त्यसको उपचार नपाएर थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ । (रासस÷एएनआई)

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:३२ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...