back
CTIZAN AD

फिलिपिन्समा वार्षिक मृत्युदर ४३ प्रतिशतले वृद्धि, कोरोनाका कारण धेरैको मृत्यु

वि.सं.२०७९ भदौ २३ बिहीवार

723 

shares

 

मनिला । फिलिपिन्समा बार्षिक मृत्यु दर ४३ प्रतिशतको दरले बृद्धि भएको पाइएको छ ।

गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुको दावी छ ।

अघिल्ला बर्षहरुको तुलनामा सन् २०२१ मा यति धेरै मानिसको मृत्यु हुनुमा कोरोना भाइरसको महामारी नै मुख्य कारण रहेको अधिकारीहरूले जनाएका छन् ।

फिलिपिन्सको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सामान्यतयाः अन्य बर्षहरुमा एकदेखि पाँच प्रतिशतसम्म मृत्युदर बृद्धि हुने गरेको थियो ।

यसअघि सन् २०१९ मा छ लाख २० हजार ४१४ जनाको मृत्यु भएको थियो । त्यसका आधारमा दैनिक औसतमा एक हजार सात सयको मृत्यु हुने गरेको देखिएको थियो । त्यो दैनिक औसत सङ्ख्या सन् २०२१ मा भने दुई हजार चार सयभन्दा बढी देखिएको छ ।

मृत्युको मुख्य कारण कोरोना भाइरस नै भएपनि अन्य रोगहरुका कारणले मृत्यु हुनेहरुको सङ्ख्या पनि धेरै देखिएको छ । दोस्रो धेरैमा हृदयघात देखिएको छ भने मस्तिष्कघात, मधुमेह, मानसिक तनाव लगायतका कारणले पनि धेरैको मृत्यु हुने गरेको पाइएको छ । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:३० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...