back
CTIZAN AD

चीनबाट ल्याउन लागिएका दसैँका सामान तिब्बत क्षेत्रमा रोकिए

वि.सं.२०७९ भदौ २३ बिहीवार

711 

shares

काठमाडौं । दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् ।

दसैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेकोे छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको छ । दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन् ।

चीनले नाकाबन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । गौतमका अनुसार चीन स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोनाका कारण ८ अगस्टदेखि लगाएको लकडाउन अझै जारी छ । आयात रोकिँदा बजारमा रहेका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिन छोडेकाले उत्तरी नाकामा काम गर्ने व्यापारी समस्यामा परेको नेपाली व्यापारी सुवास तिमल्सिनाले गुनासो गरे ।

वि.सं.२०७९ भदौ २३ बिहीवार ०८:२५ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...