back
CTIZAN AD

७५ जिल्लाका झण्डै ७ हजारमा डेंगु संक्रमण, सबैभन्दा बढी बागमतीमा

वि.सं.२०७९ भदौ २३ बिहीवार

786 

shares

काठमाडौं । केही समययता देशमा कोरोना भन्दा पनि डेंगु संक्रमण तिब्र रुपमा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संख्या साउनदेखि भाद्र २२ सम्मको हो ।

त्यसैगरी सबैभन्दा बढी संक्रमित बागमतीमा रहेका छन् । बागमती प्रदेशमा ५ हजार ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साथै दोस्रोमा लुम्बिनी प्रदेशमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्मिमा १६१, गण्डकीमा १२८, मधेश प्रदेशमा ११९ र कर्णालीमा ४४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसको रोकथामका लागि के गरिदैछ त ?
देशका ७७ जिल्ला मध्ये ७५ जिल्लामा डेंगुका संक्रमित बढ्न थालेपछि इपिडिमियोलोजीले १३९ स्थानीयतह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर भन्ने अभियान संचालन गरेको र यसका लागि बजेट समेत विनियोजन गरेको बताइएको छ ।

त्यस्तै ललितपुर र भक्तपुरजस्ता डेंगुको संक्रमण सबैभन्दा बढी भएका जिल्लामा स्थानीय तह, सरोकारवालासँगको समन्वयमा भदौ ९ गतेदेखि ‘खोज र नष्ट गर’ भन्ने  लगायतका अभियान चलाइएको जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक २०६१ मा डेंगु संक्रमण देखिएकोमा त्यसयता वर्षेनी संक्र मित हुनेको संख्या बढ्दै गएको छ । यो विशेष गरेर लामखुट्टेको टाकाईबाट सर्ने गर्दछ ।

जनस्वास्थ्य विज्ञ डा. गेहेन्द्र महरा भन्छन्–डेंगुबाट यसरी बचौं

वि.सं.२०७९ भदौ २३ बिहीवार १६:३३ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...