back
CTIZAN AD

सरकारद्वारा करको दरमा हेरफेर, कुनमा कति घट्यो ?

वि.सं.२०७९ भदौ २४ शुक्रवार

888 

shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विभिन्न वस्तुहरुमा लगाएको करका दरहरु हेरफेर गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले दस्तुर, शुल्क, महशुल तथा करको दर हेरफेर गरिएको जनाएको हो ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले कच्चा पदार्थ आयात गरेर तयार गरिने फलामको डण्डि, नेपालमा तयार गरिने सेनेटरी प्याडको कच्चा पदार्थमा करको दर बृद्धि गरेको थियो । करका दरहरु बृद्धि भएपछि सरोकारवालाहरुले बिरोध जनाएका थिए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ मिलिमिटर भन्दा सानो गोलाई भएको फलामे डण्डिमा १० प्रतिशत भन्सार महशुल निर्धारण गरेको थियो । जसलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ । त्यस्तै, अन्तशुल्कअन्तर्गतका माल वस्तु पैठारी गर्दा लाग्ने अन्तशुल्क पनि घटाएर ३५०० बाट २५०० मा झारिएको छ ।

सरकारले सेनेटरी प्याड निर्माण गर्ने कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क हटाएको छ भने वनस्पति घ्यू, तेल, सूर्यमुखि तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महशुल ९० प्रतिशत छुट हुने व्यवस्था गरेको छ । यस अघि ५० प्रतिशत मात्र छुट हुने व्यवस्था थियो ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १४:३१ मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...