back
CTIZAN AD

आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गर्दै दुई हाइड्रोपावर कम्पनी

वि.सं.२०७९ भदौ २४ शुक्रवार

726 

shares

काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यी दुई कम्पनीले करिब ७४ करोड ९ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५६८ कित्रा आईपीओ निष्कासन अनुमति माग गरेका हुन् ।

जसमध्ये सगरमाथा हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
त्यस्तैगरी, माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको हो ।

सगरमाथाले ९ भदौ र माइखोलाले २२ भदौमा आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन् ।

माइखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड आयोजना निर्माण गर्दैछ । सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपरमाई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ । आयोजनाको क्षमता ९.९ मेगावाट हो ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १५:३४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...