back
CTIZAN AD

मोतीराम भट्टको जन्मजयन्तीमा सिक्किममा गजल गोष्ठीको आयोजना

वि.सं.२०७९ भदौ २४ शुक्रवार

1.3K 

shares

सिक्किम, भारत । सिक्किम गजल मञ्चको दोस्रो वार्षिकोत्सब तथा युवाकवि मोतीराम भट्ट जन्मजयन्तीको अवसरमा गजल गोष्ठीको आयोजना गरिएको छ ।

सेप्टेम्बर ८ मा पाक्योङ्ग जिल्ला अन्तर्गत सिक्किम सरकारी महाविद्यालय रिनाकमा आयोजित कार्यक्रममा सिक्किम गजल मञ्चका अध्यक्ष एच. एन. मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न गजलकार, साहित्यकार, महाविद्यालयका प्रधानाध्यापक तथा सहप्राध्यापकहरूका साथै विद्यार्थीहरू, भूतपूर्व विद्यार्थीहरू र संस्थाका सल्लाहकार बिरेन्द्र प्रसादको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्दै गजलकार डि. पी. अधिकारीले युवा कवि मोतीराम भट्ट तथा सिक्किम गजल लेखन विधामा कत्तिको अग्रसर छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै सिक्किम गजल मञ्चकी परिकल्पनाकार जीविका अश्रु, राधा पाण्डे र सीता दवाडी, डि. पी.अधिकारी, एच. एन. मिश्र तथा निर कमल दाहालले गजल वाचन गरेका थिए भने कथाकार यूवा बराल अनि कवि विष्णु केसी, ओम छेत्री, विनिता राई, नरमाया खाती र अविनाश सुब्बाले कविता वाचन गरेका थिए ।

महाविद्यालयका सहप्राध्यापक सुरज दर्जीले गोष्ठीमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन निरकमल दाहालले गरेका थिए ।

 

वि.सं.२०७९ भदौ २४ शुक्रवार १५:१३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...