back
CTIZAN AD

शाओमीद्धारा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा !

वि.सं.२०७९ भदौ २५ शनिवार

762 

shares

काठमाडौं । शाओमीले आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शुक्रबार मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिकको रिलीजअनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘आइडिसिको रिपोर्टअनुसार निरन्तर आठौँ त्रैमासिकसम्म नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, यो एकदमै खुसीको कुरा हो ।’

उनले नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउने सबै फ्यानहरु, व्यापारिक साझेदारहरु र सम्पूर्ण स्टेक होल्डप्रति आभारी प्रकट गरेका छन् ।

ब्रान्डलाई माया र साथ दिएकोप्रति आफू नतमस्तक भएको बताउँदै उनले भविष्यमा माग अनुसारको काम गर्ने बताए । रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मि प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरू पनि लन्च गरेको छ । शाओमीले नेपालमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टर स्थापना गरेको छ । नेपालको विभिन्न स्थानहरूमा कम्पनीको बलियो वितरण नेटवर्क छ ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०९:०९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...