back
CTIZAN AD

म्यादी प्रहरीमा भर्ना खुल्यो, दिने होेइन त आवेदन ?

वि.सं.२०७९ भदौ २६ आइतवार

630 

shares

काठमाडौँ । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो ।

प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ । सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाली नागरिकले म्यादी प्रहरीका लागि मङ्सिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ ।

भर्नाका लागि नेपाली नागरिक हुनुपर्र्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७९ भदौ २६ आइतवार २०:१६ मा प्रकाशित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...