back
CTIZAN AD

बैंकर्स संघको निर्णयको प्रभाव : उच्च अंकले घट्यो शेयर बजार

वि.सं.२०७९ भदौ ३० बिहीवार

1.1K 

shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्मे भएका छन् ।

बिहीबार बसेको बैंकर्स संघको बैठकले असोज महिनाको ब्याजदर बैंकहरु आफैंले तोक्न सक्ने निर्णय गरेको थियो । संघको निर्णय पछि बैंकहरुले ब्याजदर बढाउने अनुमानमा सेयर बजारमा प्रभाव देखिएको अनुमान गरिएको छ ।

बैंकको ब्याजदर र शेयर बजारमा उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा शेयरबजार घट्छ भने ब्याजदर घट्दा शेयरबजार बढ्छ । बैंकहरुले विगत डेढ वर्षदेखि ब्याजदर नघटाएको कारण शेयरले गति लिन सकेको छैन ।

हाल ११.१३ प्रतिशतसम्म रहेको ब्याजदरमा पछिल्लो निर्णयसँगै बैंकहरुले केही तलमाथि गर्न पाउनेछन् । अब ब्याजदर १२.१३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

बिहीबार २ बजेसम्म सेयर बजारमा ५७.८० अंकले गिरावट आएको छ । निश्चित कम्पनी बाहेक सबैजसोको मूल्यमा उच्च अंकको गिरावट छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १४:२० मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...