back
CTIZAN AD

प्रचण्डलाई धक्का, माओवादी चितवनका सह–इन्चार्ज परियारसहितका दर्जनौ नेता एमालेमा

वि.सं.२०७९ भदौ ३० बिहीवार

1K 

shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्र चिवतन–३ मै माओवादी कमजोर भएको छ । माओवादीको सोही क्षेत्रका थुप्रै नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच माओवादी केन्द्रीय सदस्यसमेत रहेका चितवन सह–इन्चार्ज यमबहादुर परियारसहितको समूह एमालेमा प्रवेश गरेको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर नेताहरु एमाले प्रवेश गरेका हुन् । प्रवेश गरेका नेता परियार प्रचण्डकै चुनावी क्षेत्रका नेता हुन् । उनी एमाले र माओवादी एकता भएर बनेको नेकपाका चितवन अध्यक्षको जिम्मेवारीमा थिए । परियार झण्डै १२ वर्षभन्दा माओवादीको चितवन अध्यक्षको जिम्मेवारीमा थिए ।

परियारसँगै माओवादीको भरतपुर महानगरपालिका सहइञ्चार्ज अञ्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगर कमिटी उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं। १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं. १५ का वडाध्यक्ष आकाश थापा, माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीलगायतका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

प्रचण्ड चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारीमा छन् । तर, माओवादीभित्रकै विग्रहले उनलाई थप कमजोर बनाउने सम्भावना छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १६:०६ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...