back
CTIZAN AD

ब्याजदर बढ्ने संकेतपछि उच्च अंकले घट्यो शेयर बजार

वि.सं.२०७९ भदौ ३० बिहीवार

939 

shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्मे भएका छन् ।

५७ अंकले घट्दा शेयर बजार १९२४.४८ अंकमा रोकिएको छ । बिक्रीकर्ता मात्रै बढ्दा बिहीबार कारोबार रकम भने यसअघिका तुलनामा निकै बढेको छ । बिहीबार २ अर्ब १२ करोड बढीको कारोबार भएको छ ।

उच्च अंकले घटेको बजारमा सबैभन्दा बढी निर्जिवन बीमा क्षेत्रका लगानीकर्ताले नाफा गुमाएका छन् । निर्जिवन बिमा क्षेत्रमा १९६.६८ अंकको गिरावट आएको छ । त्यसैगरि जीवन बिमा, विकास बैंक र उत्पादन क्षेत्रमा सबैभन्दा उच्च गिरावट छ । बिहीबार कारोबार आएका ९ कम्पनी भने नाफा कमाउन सफल भएका छन् ।

बिहीबार निश्चित कम्पनी बाहेक सबैजसोको मूल्यमा उच्च अंकको गिरावट छ ।

बिहीबार मात्रै बसेको बैंकर्स संघको बैठकले असोज महिनाको ब्याजदर बैंकहरु आफैंले तोक्न सक्ने निर्णय गरेको थियो । संघको निर्णय पछि बैंकहरुले ब्याजदर बढाउने अनुमानमा सेयर बजारमा प्रभाव देखिएको लगानीकर्ताको बुझाई छ ।

बैंकको ब्याजदर र शेयर बजारमा उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा शेयरबजार घट्छ भने ब्याजदर घट्दा शेयरबजार बढ्छ । बैंकहरुले विगत डेढ वर्षदेखि ब्याजदर नघटाएको कारण शेयरले गति लिन सकेको छैन ।

हाल ११.१३ प्रतिशतसम्म रहेको ब्याजदरमा पछिल्लो निर्णयसँगै बैंकहरुले केही तलमाथि गर्न पाउनेछन् । अब ब्याजदर १२.१३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १५:२६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...