back
CTIZAN AD

कोका–कोलाकाको चाडपर्व लक्षित ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

वि.सं.२०७९ भदौ ३१ शुक्रवार

891 

shares

काठमाडौं । पेय–पदार्थ कोका–कोलाले यो वर्षको दशैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । कम्पनीले दशैं र तिहारलाई मध्यनजर गर्दै ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन ल्याइएको जनाएको छ ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दशैंलाई राखेको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्ध उत्सव स्वादसँग’लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दशैंको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ ।’

दशैं विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालीहरुको लागि दशैं जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागिपनि छ । हामी हरेकवर्षको दशैं हाम्रा उपभोक्ताहरुको लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ ।’

कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दशैं खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोलाबोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १०:१५ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...